०बिनोद रोका, एर्टनी एट ल, न्युयोर्कं
एनआरएन आऊनुभन्दा अगाडीदेखि नै अमेरीकामा रहेका प्रोफेशनलहरुले अमेरीकामा एनसिसी युयस मार्फत आफनो सेवा पुरयाईरहेका थिए। अमेरीकाका विभिन्न राज्यहरुमा छरिएर रहेका नेपालीहरुका संस्थाहरुलाई समन्वय गर्दै नेपाली र नेपलाको हकहितमा कामगर्ने लक्ष्य राखेर अमेरिकाको टेनेसीराज्यमा दर्ता गरिएको मुनाफारहित संस्थाको रुपमा। यो संस्था खोल्नेहरुमा एएनएको पुरातनधारसंग असन्तुष्ट भएका र आफनो भिजन र रिजन दिने क्षमता भएका प्रोफेशनलहरु रहेका थिए भन्नुमा अतिशयोक्ती नहोला।
मेरो जानकारी अनुसार यस संस्थामा अमेरीकामा रहेका विभिन्न संस्थाहरुबाट जाने प्रतिनिधिहरु मध्येबाट कार्यसमितीको गठन हुने भएता पनि केही सिमित संस्थाहरुका तर्फबाट प्रतिनिधित्व रहने गरेको थियो। यसरी सिमित संख्थामा रहेका प्रोफेशनलहरुले गर्ने भेला वा बैठकमा उपस्थित हुनलाई अमेरिकाको कुनैपनि ठाऊमा जादा आर्थिक समस्या पनि थिएन। त्यसैले अपवाद वाहेक बैठक, भेला, वा चुनावको बेलामा मतदाता र उम्मेदवार स्वयं उपस्थित हुन सक्दथे। यसैबिच एनआरएन अमेरीकाको स्थापना हुने क्रममा आ आफनै जातिय, राजनैतिक, निहित स्वार्थका लागि आवरण लगाईएका स्वार्थीय, अनि क्षेत्रिय पहिचानको आधारमा च्याऊ उम्रीएमmै अमेरीकाको विभिन्न राज्यमा उम्रीएका संस्थाहरुलाई भन्दा एनआरएन प्रतिको चासो एनसिसिले राख्नु स्वभाविकै थियो। किनकि यसलाई पनि कुनै यस्तै धरातलको खाचो थियो आफना उदेस्य प्राप्तीकालागि। त्यसैले यसैको अगुवाईमा एनआरएनलाई भविष्यमा कसरी लैजाने भन्ने गृहकार्य भयो। र अन्तत एनआरएन र आइसीसीलाई मर्जगरी एनआरएन एनसिसी युयसएको नामाकारण गरियो टेनेसी राज्यमा। यो हाईब्राईड सस्थालाई सुव्यवस्थीत गर्नलाई विधान पनि तर्जुमा गरियो धेरै प्रोफेशनलहरुको सहभागीतामा। उहाहरुले विधान तर्जुमा गर्दा शरिर र टाऊको जोडिएको गणशजीको स्वरुप हुनपुगेको संस्थालाई सुहाऊदो तर प्रोफेशनल, छरितो, प्रजातान्त्रीक, अमेरीकामा रहेका सबै नेपाली संस्था र गैरनेपालीहरुलाई समेत समावेश गरिएको छाता संगठन बनाऊनु पर्ने अवस्थामा रहेको हुदा सोही अनुरुप एनआरएन एनसिीि युयसएको विधान २४ अगष्ट२०१० पारित गरियो। http://nrnusa.org/bylaws.htm
यो विधान र यस्को आधारमा बनिएको कार्यसमितीमा सुरुदेखि नै विवाद निस्कन थाल्यो निर्वाचनको विषयलाई मुद्दा बनाएर। अनि एकपछि अर्का व्यक्तिहरु यो संस्थामा पदाधिकारी हुन पुगे। यसरी पदाधिकारी हुने व्यक्तिहरुलाई पनि कतिले निर्वाचित नभएर छानिएका हुन भन्ने आरोप पनि लाग्नथाले। त्यस्तै कार्यसमितीमा रहेका पदाधिकारीले राजिनामा दिएको प्रसंग र राजिनामा स्वीकृत नगरी बहुमतको निर्णयबाट हटाईएको विवादलाई वैधानिकरुपबाट किनारा लाऊन नसक्दा अल्मmीएका प्रश्नहरुले संस्थालाई मmन विवादमा ल्यायो। यस्को निरुपणकालागि संस्थाको विधान वेबसाईटमा भएर पनि विवादका कुनै पक्षले विधानमा के के व्यवस्था छ भनेर हेर्नेभन्दा आफनै तर्कहरु राखे। आ आफन्ै ढंगले समस्याको समाधान गर्न थालियो। अनि विधान हेर्नेहरुले पनि विधानको स्वरुप हेर्दा कहि गणेशजीको स्वरुप अनि कहि दक्षप्रजापतीको स्वरुप भेटृाऊन थाले। किनकि विधानमा विशेषत निर्वाचन र निर्वाचीत पदाधिकारी सम्वन्धि व्यवस्था हेर्दा अव्यवहारिक र अपुरोपन देखियो। जस्तो निर्वाचित पदाधिकारीहरुको पद समाप्त सम्वन्धित व्यवस्था नहुनु। निर्वाचनमा हाऊस अफ डेलिगेटसहरुलेमात्र स्वयं उपस्थित भै मतदान गर्न र उम्मेदवार हुन पाऊने। यस्ता डेलिगेटसहरु व्यक्तिगत रुपबाट सदस्यता लिएका १० जना साधारण सदस्यमध्येबाट १ जना, अनि संस्थागत पार्टनरमा क्षेत्रीय र स्थानीय च्याप्टरका अध्यक्ष, राष्ट्र्यि, र संघिय संस्थाका प्रतिनिधिहरु आदि हुने व्यवस्था गरियो। मmण्डै अमेरिकाको राष्ट्र्पतीको जस्तो जटिलताका बिचमा प्रत्येक २ बर्षका लागि हुने निर्वाचन जनवरीमा सुरुभै डिसेम्वरमा समाप्त हुने। पे्रसिडेण्ट ईलेक्ट अर्थात निर्वाचित अध्यक्षको पदावधि १ बर्ष बाकी रहदै निजलाई पालोदिने नया अध्यक्षको निर्वाचन हुने। त्यसपछि सातवटा क्षेत्रिय र स्थानीय निकायको विषय त छदैछ। अनि डेलिगेटसहरुले प्रत्येक बर्षहुने संस्थाको बार्षिक साधारण सभामा उपस्थित भै मतदान र उम्मेदवार हुनुपर्ने व्यवस्था समेत गरियो।
संस्थाको निर्वाचनकालागि अध्यक्षले वोर्डको सहमति लिएर साधारणसभा हुनुभन्दा कम्तीमा ६० दिन अगाडी अध्यक्षसहित ३ देखि ५ जनाको निर्वाचन समिति गठन गर्नुपर्ने र निर्वाचन समितीले निर्वाचन उम्मेदवारहरुबाट मनोनयपत्र दाखिल गर्न कम्तीमा ४५ दिन र निर्वाचनको दिनभन्दा ७ दिन अगाडीको समय तोक्नुपर्ने व्यवस्था गरिएको छ। यस्का अतिरिक्त यो संस्था एनआरएन आईसिसीसंग सम्वन्ध जोडिनुपर्नेमा यो जोडीने सम्वन्धि व्यवस्था विधानमा नभएको हुदा तत्सम्वन्धि पुरयाऊनु पर्ने अमेरिकाको संघिय र टेनेसी राज्यको कानुनले तोकेको प्रकृया नपुगेकोले एनआरएन आईसिसीका प्यार्टन, क्षेत्रिय संयोजक, र सहसंयोजकको काम, कत्र्यव्य, र अधिकार के हुने भन्ने विषयमा अन्यौलता रहेको पाईन्छ।
यस्तो अवस्थामा संस्थालाई सुव्यवस्थीत बनाऊनका लागि सर्वप्रथमत विधानमा शंसोधन गरिनु पर्नेहुन्छ जस्ले गर्दा त्यहा रहेका वाधा अडकाऊ फुकाऊन सकियोस। विधानमा अपठयारोपन देखियो भने त्यस्को समाधान केही व्यक्तिहरुको सहमतिको आधारमा विधान विपरित गएर गर्न थालिने हो भने त्यस्ले पद्धतीको विकाश गर्दैन अनि हामी नेपालको अमेरिकी संस्करण हुनु पुग्दछौ। अमेरीकालाई कानुन मुताविक चल्ने देश भएको हुदा यहा सिस्टम छ। र कानुनलाई आफुले सम्मान गरेमा कानुनले पनि आफुलाई दुख पर्दा मद्दत गर्दछ। त्यसैले यहाको पद्दती अनुसार पहिला विवाद के हो त्यो अगाडी राखिन्छ, त्यसपछि त्यो विवादसंग सम्वन्धित कानुन अनि विवादसंग जोडिएको तथ्यलाई कानुनको आधारमा विश्लेषण गरेर निष्र्कस निकालिन्छ। र त्यही निकालिएको निष्र्कसलाई विवादका पक्षहरुले मान्नु पर्दछ आफनो स्वार्थको प्रतिकुल गएतापनि। यस्तो पद्दती हामीकहा मmन अगाडीदेखि थियो जस्तो कि लिखितमका अगाडी बकितम् चल्दैन भन्ने। तर हामीहरु पहिला आफु अनुकुलको निष्र्कसमा पुग्छौ र त्यो बमोजिमको परिणाम आएन भने मान्दैनौ। अर्कै व्यवस्था गर्नतिर लाग्छौ वा ज जस्लाई जे भनेर हुन्छ आरोप लगाऊन थाल्दछौ। विवादका पक्षहरुले समस्याको समाधान विधानका भएको प्रावधानको आधारमा गर्न अग्रसरता लिनुपर्नेमा अरुले त्यस्को सुरुवात गरिदिनु पर्दछ। ताप्केको पिंध तात्नुपर्नेमा बिडबाट तताऊनु परेजस्तै।
अहिलेको परिस्थितीमा मेरो बिचामा पहिला त भैरहेको विधानमा शंसोधन गरिनु पर्दछ यसैभित्र रहेका प्रकृयाहरुको आधारमा। अमेरिकामा रहेका नेपालीहरुको हक र हितलाई सर्बोपरी राखेर सबैलाई समेटने खालका,े पद्दतीमा आधारित प्रजातान्त्रीक विधान तर्जुमा गर्दा कसैलाई आपत्ती हनुपर्ने अवस्था रहदैन। यसरी विधानमा संशोधन गर्दा यो संस्थालाई केन्द्रको स्थानमा राखी क्षेत्रियताको धारणालाई हटाई अमेरिकामा रहेका प्रत्येक राज्यमा थोरै संख्यामा नेपालीहरु रहेको अवस्थामा बाहेक शाखाहरु रहने व्यवस्था गरिनु पर्दछ।। केन्द्रिय कार्यसमितीको निर्वाचन २ बर्षकालागि ईलेक्ट्रोनिक वा मेलमतको माध्यमले साधारण सदस्यहरुबाट चुनिने व्यवस्था गरिनु पर्दछ। र हालको हाऊस अफ डेलिगेटस सम्वन्धि व्यवस्था खारिज गरिनु पर्दछ। अनि साधारण सभाको प्रयोजनकालागि प्रत्येक राज्यमा रहने शाखाहरुबाट साधारण सदस्यको संख्याको आधाारमा केन्द्रिय पार्सदमा २५ जना साधारण सदस्यमा १ जना पार्सद जान पाऊने गरी निर्वाचित वा शिफारिस भएको पार्सदहरु र कार्यसमितीको बार्षिक साधारण सभा तोकिनु उचित हुनसक्छ। कार्यसमितिको कुनै पद रिक्त भएमा यीनै पार्शदहरुबाट रिक्त पद पुर्तिगर्न पनि सकिन्छ। यदि कुनै राज्यमा थोरै संख्यामा नेपालीहरुको बसोबास भएको कारणले छुटृै शाखा गठन गर्न नसक्न्े अवस्था आएमा केन्द्रीय कार्यसमितिले त्यस्ता राज्यबाट विधानले तोके बमोजिमको संख्यामा नबढने गरी पार्शद सदस्य मनोनित गर्न सक्दछ। साथै पे्रसिडेण्ड ईलेक्टको व्यवस्था खारिज गरि त्यस्को ठाऊमा पूर्व अध्यक्ष नया कार्यसमतिको सदस्य हुने व्यवस्था गरिनु राम्रो हुन्छ,।
यो विधानमा निर्वाचित कार्यसमितीको पद रिक्त हुने अवस्थाहरु जस्तो राजीनामा र अविस्वासको प्रस्थाव जस्ता व्यवस्था नभएको हुदा आऊने विधानमा यी लगायतका अन्य आवस्यक प्रावधानहरु समावेश गरिनु पर्दछ। किनकि रोर्वट रुलमा गएर संस्थाकालागि चाहिने सारभुत नियमहरु खोज्नुको सटृा भैरहेको विधानमा यस्ता र यस्तै अन्य आवस्यक व्यवस्थाहरु भएमा काम गर्न सजिलो हुन्छ। किनकि संस्थाको नेतृत्वतहमा सधै उच्चशिक्षित व्यक्तिहरु आऊछन भन्ने छैन। त्यस्तै यो संस्थाको, आरएनएन आईसिसी र यस्का प्रतिनिधिहरुका बिचका सम्वन्ध के कस्तो रहने भन्ने व्यवस्था पनि विधानमा रहेमा अहिले देखिएका जस्ता विवादहरु आऊदा निरुपण गर्न सजिलो हुन्छ। विधान शंंसोधनको काम नेपालमा जस्तो आ आफ्ना स्वार्थ र पुर्वाग्रहकाकारण असहमति र असममmदारीको अवस्था नआऊने हो भने एकमहिना भित्रैमा गरेर नया विधान बमोजिम चुनाव गरी यो संंस्थालाई अमेरीकामा बस्ने सबै नेपालीहरुको सामmा थलो बनाऊन सकिन्छ भन्नु अतिशयोक्ती नहोला।